गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्ने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । संसदमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले एक सातापछि मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।कोरोना संक्रमण रहेकै बेला सपथ ग्रहण गरेका मुख्यमन्त्री गुरुङले एकसातासम्म पनि मन्त्रिमण्डल विस्तार नगरेपछि बजेट, नीति तथा कार्यक्रम लगायतका कार्य प्रभावित हुँदै गएका थिए । आगामी असार १ गते बजेट ल