भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्दैछन् । दोस्रो कार्यकालमा उनले पहिलो पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । मन्त्रिमण्डल विस्तारअघि आधा दर्जन केन्द्रीय मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।केन्द्रीय मन्त्री बाबुल सुप्रियोले मन्त्रिमण्डल फेरबदलअघि राजीनामा दिएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा आफूलाई राजीनामा दिन भनेपछि राजीनामा दिएको जानकारी दिएका छन् ।त्यस्तै, केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले आफ्नो पदबाट राजीनामा दिएका छन् भने केन्द्रीय रस