काठमाडौं, १५ असोज । सुन तस्करी प्रकरणमा छानविनका लागि गठित जाँचबुझ आयोगले आजबाट काम सुरु गरेको छ । उच्च अदालतका पूर्वन्याययाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा हिजो चार सदस्यीय जाँचबुझ आयोग गठन भएको थियो । आयोगलाई सुझावसहितका प्रतिवेदन बुझाउने कार्यादेश रहेको छ । आयोगको अन्य सदस्यहरुमा गृह मन्त्रालयका उपसचिव प्रेमराज जोशी, अर्थमन्त्रालयका सहसचिव किशोरजंग कार्की र पूर्वएआइजी […]