सुन तस्करी अनुसन्धान: साढे ५ महीना लगाएर तयार पारिएको प्रतिवेदनमा के छ ?

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी नियन्त्रणका लागि कानुनी तथा संरचनात्मक सुधार गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले बिहीवार सरकारलाई प्रतिवेदन बुझाउँदै सुनको आयात तथा उपयोगमा अवलम्बन गर्नुपर्ने नीति तथा विगतमा भएका सुन तस्करीको घटनामा अनुसन्धान र अभियोजनमा देखिएका कमीकमजोरी सुधार्न सिफारिस गरेको हो ।  आयोगको प्रतिवेदन अध्ययन गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाईसँग भेट गरेका छन् । राजनीतिक तहकै उच्च नेतृत्वको समेत संलग्नता रहेको आशंका गरिएको उक्त तस्करी काण्डको गत असोज १५ गते गठित आयोगले साढे पाँच महिना लगाएर प्रतिवेदन बुझाएको हो ।  तस्करी नियन्त्रणसँग सम्बन्धित विभिन्न नीति, कानुनी व्यवस्था र कार्यान्वयनको जिम्मेवारी लिएका निकायको संरचना र क्षमता तथा कार्यप्रणालीको अवस्थाको अध्ययन, अवलोकन, छलफल, अन्तरक्रियालगायत माध्यमबाट सुझाव लिइ सुधारका लागि सिफारिससहितको प्रतिवेदन पेस गरिएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए। आयोगले विद्युतीय चुरोट (भेप) र ब्रेकप्याडमा राखी सुन तस्करी भएको मुद्दामा ३३ प्रतिवादीको पुनः बयान लिने, केन्द्रीय अनुसन्धान ब्युरोबाट बुझिएका तर प्रतिवादी नबनाइएका विभिन्न २१ जनाको बयान कागज गराउने तथा अनुसन्धानका क्रममा थप १४ जनासँग सोधपुछ गरेको थियो ।  आयोगले कार्यसम्पादनका क्रममा त्रिभुवन विमानस्थल तथा रसुवागढीसहितका विभिन्न सात भन्सार नाकाको स्थलगत अवलोकन, राज्यव्यवस्था तथा सुशासन समिति र अर्थसमितिका सभापति तथा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतक तथा सचेतक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीसहित ६१ विषय विज्ञसँग छलफल गरेको थियो ।  आयोगले विभिन्न चार संस्थाका १८ प्रतिनिधि, नियमनकारी निकायका प्रमुख वा प्रतिनिधिसमेतसँग परामर्श तथा छलफल गरेको थियो । अध्ययनका क्रममा आयोगले पूर्वप्रतिवेदन, विभिन्न भन्सार कार्यालय, राजस्व न्यायाधीकरण एवं सर्वोच्च अदालतबाट भएका फैसला, विभिन्न मन्त्रालय, विभाग र कार्यालयबाट प्राप्त तथ्याङ्क एवं सुझाव र अध्ययन सामग्री समेतको विश्लेषण गरेको थियो ।  आयोगको सिफारिस कार्यान्वयनमा आएर सुन तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ । आयोगलाई तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटकपटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन र अनुसन्धानको अध्ययन गरी कानुनबमोजिम कारबाहीको लागि सिफारिस गर्ने कार्य क्षेत्र तोकिएको थियो । विदेशबाट इलेक्ट्रिक चुरोट (भेप) मा सुन राखी तस्करी गरिएको र गत साउन २ गते ब्रेक सु/ब्रेक प्याडमा सुन राखी तस्करी गरिएका विषयमा स्वतन्त्र तथा निष्पक्ष छानबिनका लागि सरकारले गत असोज १५ गते जाँचबुझ आयोग ऐनबमोजिम सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा गठित आयोगमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य थिए । आयोगले गत असोज १६ गतेदेखि कार्य प्रारम्भ गरेको थियो । उक्त प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिएको छैन ।

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

काठमाडौँ : सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन आज पक्राउ परेका छन्।सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो। ६१ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएको थियो। त्यसबेला सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ। त्यसबेला उनलाई सामान्य कागज गरेर छाडिएको थियो।आयोगले पनि बिहीवार बुझ

१४ किलो सुन तस्करी गर्ने  समूहको चिनियाँ गिरोहसँग सम्बन्ध

विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर सुन तस्करी गर्ने पछिल्लो समूहको यसअघि पक्राउ परेको चिनियाँ गिरोहसँग पनि सम्बन्ध रहेको भेटिएको छ । गत २१ मंसिरमा बरामद भएको १४ किलो सुन तस्करी गर्ने समूहका...

ट्राभल एजेन्सीबाट सुन तस्करी, अध्यागमनमा पनि सेटिङ

भिजिट भिसामा दुबई पठाउने र सुनको लेपन भएको कपडा प्रयोग गरी सुन तस्करी कपडामा लेपन लगाएर दुबईबाट सुन तस्करी गर्ने समूहमा काठमाडौंको एक ट्राभल एजेन्सीको संलग्नता खुलेको छ । लाजिम्पाटस्थित कान्तिपुर ट्राभलले...

कर्मचारीदेखि पर्यटकको मिलेमताेमा सुन तस्करी

पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले पछिल्लो तीन महिनामा मात्र गैरकानुनी रूपमा भित्रिएको २४० केजी सुन बरामद गरिएको जानकारी दिनुभयो । गत मङ्सिर ११ गते निर्देशिका जारी गरी १३ गतेदेखि भन्सार कार्यालयले विशेष अपरेसन थालेको थियो । पहिलो दिन नै २१ केजी सुन भन्सारका कर्मचारीले नियन्त्

सुन तस्करी गर्न विशेष प्रकृतिको ‘अन्डरवेयर’

वैदेशिक रोजगारीबाट फर्किएका २२ जना डेढ केजी सुनसहित पक्राउ  विमानस्थलबाट सुन तस्करी गर्नेहरूले विशेष प्रकृतिको ‘अन्डरवेयर’को प्रयोग गर्न थालेका छन् । ‘वाक थ्रु गेट’ले पत्ता नलगाउने ठाउँमा सुन लुकाउन मिल्ने अन्डरवेयर प्रयोग हुन...

भित्री बस्त्रमा लुकाएर सुन तस्करी, विमानस्थलबाट दुई जना विदेशी नागरिक पक्राउ

नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उनीहरुले झण्डै एक किलो सुन तस्करी […]

सुन तस्करी प्रकरण : गोरेका भाइको थुनछेक बहस भोलि

२१ पुस, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस बिहीबार हुने भएको छ । सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षका रमेश बुधबार ढिलोगरी अदालतमा हाजिर भएका कारण बिहीबार मात्र थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग […]

विमानस्थलबाट  दैनिक २० किलो सुन ‘तस्करी’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिगत प्रयोजनका गहनाका नाममा दैनिक करिब २० किलो सुन तस्करी हुने गरेको खुलेको छ । ५० ग्रामसम्म सुनका गहना भन्सार महसुलविना ल्याउन सकिने सुविधाको दुरुपयोग भई ठूलो मात्रामा...

भरियाका माध्यमबाट सुन तस्करी

तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा सुन तस्करी भइरहेको छ । सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन ।सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन् ।कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन् । तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रुपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन् । यो समाचार आजको नागरिक दैन