सुन तस्करी : डिल्ली आचार्यको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा आयोग गठन गरेको हो । आयोगको चार सदस्यीय टिममा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी छन् । एकजना पूर्वएआईजी सहकुल थापा रहेको बताइएको छ […] The post सुन तस्करी : डिल्ली आचार्यको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरणः उच्चस्तरीय आयोगले असोज ५ गतेदेखि काम थाल्ने

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउने सहमति जुटेको छ । राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुले दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सिआईबीले गरिरहेको अनुसन्धानलाई जारी राख्दै असोज ५ गतेदेखि समितिले काम थाल्ने नेपाली कांग्रेसका रमेश लेखकले बताए । असोज ५ […]

सुन तस्करी प्रकरण : छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार

काठमाडौं, ५ भदौ । एक क्विन्टल भनिएको सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ। मङ्गलबार कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहेको कार्य दलले समितिको प्रारम्भिक मस्यौदा तयार गरेको हो। सोमबार बसेको सर्वदलीय बैठकले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन […]

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक फेरि स्थगित

सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै एमालेले संसदमा शुक्रबार पनि अवरोध कायम राखेको हो ।

उच्चस्तरीय समिति बनाउन किन तयार भएन सरकार ?

महान्याधिवक्ता डा. दिनमणि पोखरेल सुन प्रकरण संगठित अपराध भएकाले यसमा प्रहरीबाहेक अरुलाई अनुसन्धान गर्ने अधिकार नभएको बताउँछन् । ‘सुन प्रकरणको अनुसन्धानका क्रममा यो संगठित अपराध भएको संकेतहरु देखिएपछि राजश्व अनुसन्धान विभागबाट प्रहरीलाई छानबिनका लागि जिम्मा लगाइएको हो', उनले भने, ‘यो फौजदारी अपराध हो र अनुसन्धान गरेर अदालतमा अभियोग लैजानुपर्ने विषय भएकाले पनि यसमा प्रहरीबाटै अनुसन्धान हुनुपर्छ ।'

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाण्डाै - राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको  माग गरेको छ । बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताउनुभयो । संसदीय छानबिन समिति बनाइएको खण्डमा यो समितिमा राष्ट्रियसभाका सांसदको पनि प्रतिनिधित्व हुनुपर्ने उहाँको भनाइ छ । विमानस्थलबाट सुन तस्करी प्रकर...

प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ।...