सुन तस्करी प्रकरणमा सरकारद्वारा उच्चस्तरीय आयोग गठन

काठमाडौं। सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चारसदस्यीय छानबिन आयोग गठन गरेको छ । आयोगका सदस्यमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन् । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन महीनाको समय दिएर आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘सुनको अवैध पैठारी तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गरिएको छ,’ उनले भनिन् । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि आयोग गठनको निर्णय गरिएको थियो । सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायत दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्ममा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो । 

सम्बन्धित सामग्री

कहाँ अड्कियो तस्करीको सुन छानबिन आयोग गठन प्रक्रिया ?

काठमाडौं : गत साउनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिइएको सुन तस्करी प्रकरणको छानबिनका लागि असोज ५ गतेभित्र उच्चस्तरीय आयोग बनाउने सहमति दलहरूबीच भएको थियो। सहमतिअनुसारको समय घर्किसक्दा पनि उच्चस्तरीय आयोग गठन हुन सकेको छैन। एक महिनाअघि आयोग गठन गर्ने सहमति भए पनि गठबन्धन र एमालेबीच आयोग गठनका विषयमा सहमति जुट्न सकेको छैन। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार पार गरेको तस्करीको सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले गत साउन ३ गते बरामद गरेको थियो। प्

ओली हठले संसद् नै बन्धक

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको छ । १० साउनदेखि संसद् अवरुद्ध गरिरहेको एमाले उच्चस्तरीय आयोग गठन नभएसम्म अवरोध जारी राख्ने अडानमा छ । एमालेकै नेताहरू विरोधमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यसबीचमा धेरै बैठकमा सहभागी […] The post ओली हठले संसद् नै बन्धक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ : महासचिव पोखरेल

वीरगञ्ज- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनकाे गतिरोध अन्त्य हुने बताएका छन् । प्रेस चौतारी पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार ...

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ : महासचिव पोखरेल

वीरगञ्ज- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनकाे गतिरोध अन्त्य हुने बताएका छन् । प्रेस चौतारी पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार ...