काठमाडौं : सरकारविरुद्ध संसद बाहिरका चार कम्युनिष्ट पार्टीहरुले संघर्षका कार्यक्रम घोषणा गरेका छन्।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लव, नेकपाका अध्यक्ष ऋषि कट्टेल, समाजवादी समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले संयुक्त रुपमा संघर्षको कार्याक्रम घोषणा गरेका हुन्। उनीहरुले आफ्नो अभियानमा साथ दिनको लागि राष्ट्रिय स्वाधीनता एवं जनअधिकार रक्षाको संयुक्त जनसंघर्षमा सामेल हुन विशेष अपिल समेत