काठमाण्डाै - प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध आन्दोलनकाे घोषणा गरेको छ ।
मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै पहिलो चरणको आन्दोलनको घोषणा गर्नुभएको हो ।
पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना दिने मन्त्री साहले बताउनुभयो । भोलिदेखि एक हप्तासम्म हरेक दिन बिहान ११ बजेदेखि १ बजेसम्म धर्नाको कार्यक्रम राखिएको मन्त्री साहले जानकारी दिनुभयो ।
धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने पनि उहाँले बताउनुभयो ...