सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा आन्दोलित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय नेकपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
घोषित आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता श्रेष्ठले देशव्यापी आन्दोलन गरिने बताए ।
आन्दोलनका कार्यक्रम पुस २० गतेदेखि माघ २३ गतेसम्मका कार्यक्रम रहेका छन् । आन्दोलन अन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तर्क्रिया, छलफल, विरोध प्रदर्शन लगायत रहेका ...