काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) ले फ्रेन्चाइजी टिम विराटनगर सिटीमाथि कारवाही गरेको छ। प्रतियोगिता भर विवादमा रहेको विराटनगर सिटी र उक्त टिमका चार जनालाई एनएसएलले कारबाही गरेको हो।
प्रतियोगितामा ललितपुर सिटीसँगको १९ औं खेलमा विराटनगर विवादमा तानिएको थियो। उक्त खेलबारे टेक्निकल पार्टनर अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको समन्वयमा एनएसएलले कारबाही गरेको हो।…