ललितपुर महानगरपालिकास्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्रा. लि. मा अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जना कामदारको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार उक्त प्लान्टमा काम गर्ने कामदारहरूमध्ये भारतको पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाउँ बस्ने ४५ वर्षीय वृज महतोको मृत्यु भएको छ । त्यस्तै भारतकै २५ वर्षीय राज कुमार महतो गम्भीर घाइते रहेका छन् ।उनको