२८ वैशाख, पोखरा । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी बाथरुममा लडेर गम्भीर घाइते भएका छन् ।
उनको अहिले मनिपाल शिक्षण अस्पतालको आर्इसीयूमा राखेर उपचार भइरहेको छ ।
दिउँसो ४ बजे बाथरुममा लडेर भर्ना भएका अधिकारीकोे टाउकोमा रगत जमेको अस्पतालले जानकारी दिएको छ।
सभामुख बाथरुममै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको मेट्रोसिटी हस्पितलमा पुर्याएका थिए …