टी-२० विश्वकपमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहले ब्याटिङ गर्दै वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा १ सय ५७ रनको स्कोर बनायो । कप्तान किरोन पोलार्डले सर्वाधिक ४४ रन बनाए भने अस्ट्रेलियाका लागि जोश हेजलवुडले चार विकेट लिए ।१ सय ५८ रनको लक्ष्यलाई अस्ट्रेलियाले १६.२ ओभरमा मात्र २ विकेटको क्षतिमा सजिलै पछ्यायो । लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको सुरुवात भने खराब रह्यो । चौथो ओभरमा नै कप्तान एरोन फिन्च मात्र ९ रनमा आउट भए । त्यसपछि डेभिड वार्नर र मिचेल मार्स