घुस लिएको आरोपमा महोत्तरीबाट दुई पक्राउ

१९ जेठ, जनकपुरधाम । महोत्तरीका एक जना प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । एकडारा गाउँपालिकास्थित श्री माविका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको बेलामा पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियारले जलेश्वर न.पा.–२, टाउन […]

सम्बन्धित सामग्री

घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ

सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ।...

घुस लिएको आरोपमा तीन प्रधानाध्यापक पक्राउ

महोत्तरी – मधेस प्रदेशमा ७ दिनभित्र घुस लिएको आरोपमा ३ जना प्रधानाध्यापक पक्राउ परेका छन्। १२ जेठमा श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श मावि जोकाहा रौतहटका राकेश श्रेष्ठ, १८ जेठमा नेपाल विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, वीरगन्ज पर्साका बलराम श्रेष्ठ र १९ जेठमा श्रीमावी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल पक्राउ परेका हुन्। १२ जेठमा पक्राउ परेका रौतहटका […]

घुस लिएको आरोपमा रौतहटमा एक मेयर पक्राउ

काठमाडौं : रौतहटमा एक मेयरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई अख्तियारको टाेलीले दुई लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो।साेही नगरपालिका-१ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियार टोलीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए।मेयर पटेल, उनका स्वकीय सचिवलगायत चारजना पक्राउ परे पनि उनीहरूको बारेमा शाहीले थप जानकारी दिन मानेनन्।

पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित २ जना पक्राउ

रुपन्देही – पर्यटकसँग घुस लिएको आरोपमा रुपन्देहीमा एकजना प्रहरीसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ८ जना भारतीय पर्यटकसँग पाँच सय भारतीय रुपैयाँका दरले ४ हजार घुस लिएको आरोपमा प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियामा रहेको गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता पक्राउ परेका हुन् । उनीहरुले भारतीय पर्यटकलाई नेपाल भारत सीमा नाका बन्द रहेकोले नेपाल प्रवेश गर्न बसका कर्मचारीलाई घुस खुवाउनु पर्छ भन्दै रकम मागेका थिए ।  पशुपती दर्शनका लागि नेपाल आउन लागेका ती पर्यटकले ने...

पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित ३ जना पक्राउ

सीमा नाका पार गराउन सहजीकरण गर्ने भन्दै रूपन्देहीमा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुई जना पक्राउ परेका छन् ।

घुस लिएको आरोपमा असई र जवान पक्राउ

एक महिलासँग ९० हजार रूपैयाँ घुस लिएको आरोपमा असई र जवान पक्राउ परेका छन् ।  प्रहरी वृत्त बौद्धको टोलीले असई सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।  उनका अनुसार उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।  बौद्धकी एक महिलालाई लागूऔषधमा रहेको सूचना आफूहरूसँग रहेको र पैसा नदिए पक्राउ गर्ने धम्कीसहित घुस रकम लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए ।

घुस लिएको आरोपमा असईसहित दुई प्रहरी पक्राउ

काठमाडौं : एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ।प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रहरी सहायक निरीक्षक (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए।उनीहरूले बौद्धकी एक महिलालाई तपाइँसँग लागुऔषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिंहले बताए। बस्नेतको दरबन्दी केन्द्रीय प्रहरी

लागुऔषध कारोबारीसँग घुस लिएको आरोपमा विमानस्थलका असई र प्रहरी जवान पक्राउ

घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका दुई जना प्रहरी पक्राउ परेका छन्।

घुस लिएको आरोपमा पुनर्निर्माण प्राधिकरणका सब-इन्जिनियर पक्राउ

२० असार, काठमाडौं । राष्टिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत एक इन्जिनियर सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सब–इन्जिनियर राजन पासवानलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाको टोलीले नियन्त्रणमा लिएको हो । पासवानलाई भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग लिएको ३० हजार […]

घुस लिएको आरोपमा चीनमा कम्युनिस्ट पार्टीका वरिष्ठ नेता पक्राउ

१५ माघ, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका हेनान प्रान्तका एक वरिष्ठ नेता घुस लिएको आरोपमा पक्राउ परेका छन् । चाइना डेल्लीका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको हेनानको प्रान्तीय कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका वाङ योङ बिहीबार पक्राउ परेका हुन् । चीनको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेट (एसपीपी)ले यसअघि घुस लिएको आरोपमा वाङलाई पक्राउ गर्ने निर्णय गरेको थियो । राष्ट्रिय […]