घुस लिएको आरोपमा पुनर्निर्माण प्राधिकरणका सब-इन्जिनियर पक्राउ

२० असार, काठमाडौं । राष्टिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत एक इन्जिनियर सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सब–इन्जिनियर राजन पासवानलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाको टोलीले नियन्त्रणमा लिएको हो । पासवानलाई भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग लिएको ३० हजार […]