पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित २ जना पक्राउ

रुपन्देही – पर्यटकसँग घुस लिएको आरोपमा रुपन्देहीमा एकजना प्रहरीसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ८ जना भारतीय पर्यटकसँग पाँच सय भारतीय रुपैयाँका दरले ४ हजार घुस लिएको आरोपमा प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियामा रहेको गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता पक्राउ परेका हुन् । उनीहरुले भारतीय पर्यटकलाई नेपाल भारत सीमा नाका बन्द रहेकोले नेपाल प्रवेश गर्न बसका कर्मचारीलाई घुस खुवाउनु पर्छ भन्दै रकम मागेका थिए ।  पशुपती दर्शनका लागि नेपाल आउन लागेका ती पर्यटकले ने...

सम्बन्धित सामग्री

बेलहिया नाकामा  पर्यटकसँग घुस लिने प्रहरीसहित २ जना पक्राउ

रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्यटकसँग सीमा पार गराउने नाममा घुस लिएको आरोपमा बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई पक्राउ गरेको हो । गुजरात ट्राभल्स मार्फत  भारतबाट काठमाडौँमा पशुपतिनाथ मन्दिर जान नेपाल आएका ८ जना पर्यटकको समूहलाई सीमा बन्द भएकोले ट्राभल्सका कर्मचारी सन्तोष देवले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रति व्यक्ति ५ सय भारु माग गरेका थिए। त्यसपछि पर्यटकहरूल