काठमाडौं : एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ।प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रहरी सहायक निरीक्षक (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए।उनीहरूले बौद्धकी एक महिलालाई तपाइँसँग लागुऔषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिंहले बताए। बस्नेतको दरबन्दी केन्द्रीय प्रहरी