घुस लिएको आरोपमा असई र जवान पक्राउ

एक महिलासँग ९० हजार रूपैयाँ घुस लिएको आरोपमा असई र जवान पक्राउ परेका छन् ।  प्रहरी वृत्त बौद्धको टोलीले असई सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।  उनका अनुसार उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।  बौद्धकी एक महिलालाई लागूऔषधमा रहेको सूचना आफूहरूसँग रहेको र पैसा नदिए पक्राउ गर्ने धम्कीसहित घुस रकम लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए ।

सम्बन्धित सामग्री

घुस लिएको आरोपमा असईसहित दुई प्रहरी पक्राउ

काठमाडौं : एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ।प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रहरी सहायक निरीक्षक (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए।उनीहरूले बौद्धकी एक महिलालाई तपाइँसँग लागुऔषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिंहले बताए। बस्नेतको दरबन्दी केन्द्रीय प्रहरी

लागुऔषध कारोबारीसँग घुस लिएको आरोपमा विमानस्थलका असई र प्रहरी जवान पक्राउ

घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका दुई जना प्रहरी पक्राउ परेका छन्।

घुस लिएको आरोपमा विमानस्थलमा कार्यरत प्रहरीका असई र जवान पक्राउ

काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ । प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्