घुस लिएको आरोपमा रौतहटमा एक मेयर पक्राउ

काठमाडौं : रौतहटमा एक मेयरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई अख्तियारको टाेलीले दुई लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो।साेही नगरपालिका-१ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियार टोलीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए।मेयर पटेल, उनका स्वकीय सचिवलगायत चारजना पक्राउ परे पनि उनीहरूको बारेमा शाहीले थप जानकारी दिन मानेनन्।

सम्बन्धित सामग्री

घुस लिएको आरोपमा मेयरका छोरासहित दुई पक्राउ

सिराहा । सिरहाको लहानमा ५ लाख रुपैयाँ घुस लिएको आरोपमा मेयरका छोरालगायत अन्य दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बर्दिबासबाट खटिएका अख्तियार दुरुपयोग अनुसन्धानका टोलीले लहान नगरपालिका-२२ को राजदेवी चौक नजिक रहेका एक पेट्रोल पम्पमा कमिसन लेनदेन गरिरहेकै बेला सन्त मण्डल र जितेन्द्र महतो पक्राउ परेका हुन । मण्डल कल्याणपुर नगरपालिकाका मेयर …