काठमाण्डाै - आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक मतपत्र छपाइकाे काम सकिएकाे छ । चुनावका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्रकाे छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो।
आयोगले केन्द्रलाई यही कात्तिक २० गतेसम्मको समयसीमा दिएकाेमा दुई दिन अगावै मतपत्र छपाइकाे काम सकिएकाे हाे । आज शुक्रवार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले केन्द्रकाे अवलोकन गर्नुभएक...