चुनावका लागि ८० प्रतिशत मतपत्र छापियो, आजदेखि ढुवानी थाल्ने आयोगको तयारी

काठमाण्डाै - निर्वाचन आयोगले आजदेखि पालिका चुनावका लागि आवश्यक पर्ने मतपत्र ढुवानी सुरु गर्ने तयारी गरेको छ । मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने आयोगको तयारी छ । आयोगकाअनुसार दुर्गमका जिल्लाका लागि सुरुमा मतपत्र छापिएको थियो । त्यसपछि अहिले क्रमशः सुगमका जिल्लाका लागि मतपत्र छपाइ भइरहेको छ ।   आउँदो ३० गते हुने चुनावका लागि आवश्यक पर्ने मतपत्रको ८० प्रतिशत छपाइ सकिएको पनि आयोगले जनाएको छ । हिजोसम्ममा ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्र...

सम्बन्धित सामग्री

आजदेखि मतपत्र जिल्ला जिल्लामा पठाइँदै, आवश्यक परे हेलिकप्टर प्रयोग गरिने

काठमाडौं : निर्वाचन आयोगले आज (मंगलबार) देखि मतपत्र ढुवानी गर्ने भएको छ। यही वैशाख ३० गते हुने स्थानीय तहको मतदानका लागि आयोगले मतदान स्थलहरूमा मतपत्र ढुवानी थाल्न लागेको हो।स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्रको ८० प्रतिशत छपाइ सकिएको पनि आयोगले जानकारी दिएको छ। स्थानीय चुनावका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको आयोगले सोमबार सम्ममा ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आयोगले ७७

भोलिदेखि मतपत्र ढुवानीको काम सुरु हुने, निर्वाचन सामग्री सबै जिल्लामा पुगे

काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले भोलि मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ । आयोगमा आज साेमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि भोलिदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिनुभयो । अहिलेसम्म ८० प्रतिशत अर्थात् ६८ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको उहाँले बताउनुभयो । चुनावका लागि आयोगले जगेडासहित एक करोड ९४ लाख मतपत्र  छाप्दैछ । निर्वाचन सामग्री भने सबै जिल्लामा पठाइ...