रुकुम पश्चिम – अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको चुनावका लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन मन्त्रालयले गरिसकेको बताउनुभएको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै राष्ट्रिय राजनीति चुनावमा केन्द्रित भएको र आवश्यक पर्ने स्रोतको व्यवस्थापन भइसकेको उहाँले बताउनुभएको छ ।
आज सोमवार गृह जिल्ला रुकुम पश्चिमको सल्ले विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सबै दल चुनाव केन्द्रित प्रशिक्षण, सभा तथा भेलासँगै उम्मेदवार चयनमा लागिपरेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन...