काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ बजेट मागेको छ ।
चुनावका लागि झन्डै १० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको र स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गरेको छ भने झन्डै दुई लाख जना जनशक्ति लाग्ने अनुमान गरेको छ ।
यस्तै चुनावमा ५७ प्रकारका निर्वाचन सामग्रीको प्रयोग हुनेछ । तीमध्ये आयोगबाट ४२ प्रकारका सामान र १...