वैशाख ३० गते हुने चुनावका लागि ४६ जिल्लाको मतपत्र छापियो

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि ४६ जिल्लाको मतपत्र छापिसकिएको जनाएको छ। सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छापिसकिएको जानकारी दिएका हुन्। आयोगले जनक शिक्षा सामाग्री केन्द्रमा नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइ गरिरहेको छ। दुर्गमबाट क्रमश सुगम जिल्लाका लागि मतपत्र […]