काठमाण्डौ – मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि आवश्यक मतपत्रमध्ये झण्डै ७० प्रतिशत मतपत्र छपाइको काम सकिएको छ ।
प्रत्यक्ष निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा प्रत्यक्ष प्रणाली दुवै गरी कुल संख्याको झण्डै ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।
प्रत्यक्ष प्रणालीतर्फ एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको झण्डै चार करोड मतपत्र यसअघि नै छपाइ सम्पन्न भइसकेको छ ।
आयोगको पछिल्लो तथ्याङ्क अनुसार चुना...