पोखरा महानगरपालिकाले नगरभित्रका सबै तालको मापदण्ड तोकेको छ । बुधबार बसेको कार्यपालिका बैठकले फेवा सहित ९ वटै तालहरूको मापदण्ड तोकेको हो । फेवातालको मापदण्ड अव ३० मिटर कायम गरिएको छ ।सर्वोच्च अदालतको आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको पोखराले कार्यकालको अन्तिम समयमा मापदण्ड तोकिदिएको हो । यसअघि ६५ मिटर मापदण्ड रहेकोमा त्यसलाई घटाएर ३० मिटर कायम गरिएको हो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले लि