१ असोज, पोखरा । पोखरा महानगरपालिकाले फेवाताल किनारको ६५ मिटर क्षेत्रभित्र निर्माणाधीन संरचनाको निर्माण सामग्री जफत गरेको छ । महानगरले करिब ४ वर्षअघि सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै शनिबार ताल किनार वरिपरि निर्माण भइरहेका संरचनाका निर्माण सामग्री जफत गरेको हो । महानगरबाट खटिएका नगर प्रहरी, वडाका जनप्रतिनिधिको रोहवरमा निर्माण सामग्री जफत गरिएको हो । […]