कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा र लकडाउन

बाग्मती प्रदेशको राजधानी मकवानपुरसहित सबैजसो जिल्लामा पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढ्दो छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै कोरोनाको जोखिम कम गर्न स्थानीय तह र प्रशासनले लकडाउन र निषेधाज्ञा जारी गरेका छन् । मकवानपुरको हेटौँडा उपमहानगर र मनहरी गाउँपालिकाअन्तर्गत पर्ने राजमार्ग क्षेत्र, भरतपुर नगरपालिका, धादिङको धादिङबेँसी र नुवाकोट जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यस्तै दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक जिल्लाका कतिपय स्थानीय तहले आवागमनमा कडाइ गरेसँगै कोरोना सङ्क्रमण फैलिन नदिन लकडाउन गरेका छन् । आइसोलेसन, क्वारेन्टाइन र पीसीआर परीक्षणको पहुँच विस्तारलगायतको पूर्वतयारी बिना निषेधाज्ञा र लकडाउन गरिएको भन्दै कतिपयले आपत्तिसमेत जनाएका छन् ।

सम्बन्धित सामग्री

अब थपिने निषेधाज्ञा अहिलेको भन्दा खुकुलो, कस्तो हुन्छ 'स्मार्ट लकडाउन' ?

काठमाण्डाै - मङ्गलवारदेखि निषेधाज्ञा खुकुलो बनाउँदै आर्थिक क्षेत्र चलायमान गराउने सरकारको तयारी छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना सङ्क्रमण घटाउने रणनीति बनाएपछि जिल्ला प्रशासन कार्यालयहरुले यसैअनुसारको तयारी गरेका छन् । ‘अबको निषेधाज्ञा वैज्ञानिक, व्यावहारिक र व्यवस्थित खालको हुन्छ’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उज्यालोसँग भन्नुभयो, ‘अब निषेधाज्ञा थपिँदा अहिलेको भन्दा खुकुलो बनाउने सोच छ । नागरिकले मेरै लागि हो...

मलेसियामा आजदेखि लकडाउन, दूतावास पनि अत्यावश्यक काममा लागि मात्र खुल्ने

काठमाण्डौ – मलेसियामा आजदेखि आवागमन निषेध आदेश लागू भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले फेरि देश व्यापी आवागमन निषेध आदेश (लकडाउन) जारी गरेको हो । आज अर्थात् जुन १ देखि दुई हप्ताका लागि मलेसिया सरकारले लकडाउन घोषणा गरेको हो । यो अवधिमा अत्यावश्यक बाहेक सम्पूर्ण सामाजिक र आर्थिक गतिविधि बन्द रहनेछ । मलेसिया सरकारले निषेधाज्ञा लागू गरेसँगै मलेसियामा रहेको नेपाली दूतावासले पनि अत्यावश्यक र कन्सुलर सेवाका लागि स्थानीय समय अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय खोल्ने जना...

म्याग्दीका लेकाली क्षेत्रमा धान रोप्ने चटारो

म्याग्दी । तीव्ररूपमा फैलिएको कोरोना सङ्क्रमण र यसलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरंजा, गौश्वारा, सिम लगाएतका सिंचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो साताको सुरुवातदेखि नै रोपाइँ शुरु भएको हो ।   म्याग्दीको शहरी क्षेत्र भन्दा बढी ग्रामिण क्षेत्रहरु अहिले कोरोना सङ्क्रमणको चपेटामा  परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषकले नाक,मुखमा मास्क र खल्तीमा सेनिटाइजर सहित धान रोप्न व्यस्त भएका हुन् । निषेधाज्ञामा सहरबजारसँगै ग्रामिण क्षेत्र  समेत सुनसान भइरहेको बेलामा मंगला गाउँपालिका–३,बरंजा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार महिनामा जस्तै किसान व्याडमा राखेको बिउ काढ्नमा ब्यस्त छन् । रोपाहारले धमाधम रोपिरहेका छन्, जुवाहलो र गोरुको विकल्पमा ट्याक्टरले जोतेर हिल्याइरहेको छ । जेठ महिनाको दोस्रो साता नै यहाँका किसानले आफ्नो खेतबारीमा धमाधम रोपाई गरिरहेका छन् । कोरोनाको संक्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयले विभिन्न गीत गाउँदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाइलो माहोल बनाइरहेका स्थानीय युवा लोकेश पुन मगरले जानकारी दिए । हरेक बर्ष यस क्षेत्रमा सबैभन्दा अगाडी असारे धान रोपाई हुने गरेको छ ।  जिल्लाभर यो बर्ष गतबर्ष भन्दा अगाडी नै धान रोपाई हुने अनुमान गरिएको छ ।  यता म्याग्दीमा हाल ४ सय ९६ जना सक्रिय कोरोना संक्रमति छन् भने कोरोनाका बिरामीमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना हुनेको संख्या समेत धेरै भएपनि निषेधाज्ञा (लकडाउन) मा आफ्नो खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, लगायतका अत्यावश्यक कामलाई रोक लगाइएको छैन् । कुल २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफुल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । कोरोनसँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइदैन भने मास्क र सेनिटाइजरको प्रयोगमा जोड दिने गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जेठ १७ गतेसम्म निषेधाज्ञा (लकडाउन) लम्बाएको छ ।

सरकारका सभा, सम्मेलन र तडकभडकले कोरोना सङ्क्रमण बढ्यो : कांग्रेस

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरेका सभा, सम्मेलन, शिलान्यास, उद्घाटनजस्ता क्रियाकलापले कोरोना भाइरसको सङ्क्रमण बढेको आरोप लगाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको पत्रकार सम्मेलनमा सभापति देउवाले ओली सरकारले शिलान्यास, उद्घाटन, भिडभाड गरेको तर सङ्क्रमण रोक्ने कुनै ठोस काम नगरेको आरोपसमेत लगाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण फेरि निषेधाज्ञा र लकडाउन गर्नुपर्ने स्थिति आएको पनि बताउनुभयो । देउवाले कोरोनाको सङ्क्रमणका कारण नागरिकले भोग्...

पोखरामा लकडाउनबारे निर्णय गर्न बैठक बस्दै

पर्वत : गण्डकी प्रदेशमै कोरोनाको हटस्पट बनेको कास्कीको पोखरामा लकडाउन गर्ने वा नगर्ने? भन्ने बारेमा सोमबार दिउँसो निर्णय हुने भएको छ।कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले गाउँ क्षेत्रमा दुई सय जना र सहरी क्षेत्रमा पाँच सय जना भन्दा बढीमा कोरोना सङ्क्रमण सक्रिय रहेको अवस्थामा निषेधाज्ञा जारी गर्न सरकारलाई सुझाव दिएको छ। सँगसँगै निषेधाज्ञाको अधिकारसमेत स्थानीय तहमा दिन सिफारिस गरेको छ।समितिले सरकारलाई सिफारिस गरेको भए पनि सरकारबाट यसबारेमा आधिकारिक पत्र नआएको अवस्था

बागलुङको तीन वडामा १० दिन लकडाउन

८ वैशाख, बागलुङ । विद्यालय र समुदायमा ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र दश दिनका लागि लकडाउनको घोषणा गरिएको छ । मङ्गलबार बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका १९ विद्यार्थीसहित सोही विद्यालय आसपास समुदायका शङ्कास्पद बिरामीको जाँच गर्दा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसअघि सोही विद्यालयका दुई शिक्षकमा कोरोना सङ्क्रमण […]

कर्मचारीले घरबाट निस्कँदा, काम गर्दा र घर फर्कंदा यी कुरामा ख्याल गरौँ

काठमाण्डाै - लकडाउन र निषेधाज्ञा हटेसँगै चहलपहल बढेको छ । कार्यालयमा नियमित काम हुन थालेको छ । यातायात, मालपोत लगायत भीड बढी हुने कार्यालयमा झन् बढी चहलपहल देखिन्छ । यस्तो बेला कोरोना सङ्क्रमण झन् बढ्ने भएकाले कर्मचारीले आफू पनि बच्न र अरुलाई पनि बचाउन विशेष ख्याल गर्नुपर्छ । घरबाट निस्कँदा, कार्यालयमा काम गर्दा र घर फर्कँ...

संकटमा पालिकाको भूमिका : स्थानीय लकडाउनदेखि रोजगारी सृजनासम्म

काठमाण्डौ - कोरोना सङ्क्रमण बढेका ठाउँहरुमा निषेधाज्ञा र सार्वजनिक सेवा प्रवाहमा कटौती गर्ने क्रम बढेको छ । काठमाण्डौ उपत्यकामा पनि अत्यावश्यक बाहेक सार्वजनिक सेवा १५ दिनका लागि रोकिएको छ । सरकारले चैत ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन नै गरेको थियो । तर लकडाउन मात्रै सङ्क्रमण रोक्ने उपयुक्त विकल्प नभएको भन्दै सरकारले लकडाउन...

१४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा

काठमाण्डाै – नेपालमा फैलिँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले नेपालमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जार...