मलेसियामा आजदेखि लकडाउन, दूतावास पनि अत्यावश्यक काममा लागि मात्र खुल्ने

काठमाण्डौ – मलेसियामा आजदेखि आवागमन निषेध आदेश लागू भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले फेरि देश व्यापी आवागमन निषेध आदेश (लकडाउन) जारी गरेको हो । आज अर्थात् जुन १ देखि दुई हप्ताका लागि मलेसिया सरकारले लकडाउन घोषणा गरेको हो । यो अवधिमा अत्यावश्यक बाहेक सम्पूर्ण सामाजिक र आर्थिक गतिविधि बन्द रहनेछ । मलेसिया सरकारले निषेधाज्ञा लागू गरेसँगै मलेसियामा रहेको नेपाली दूतावासले पनि अत्यावश्यक र कन्सुलर सेवाका लागि स्थानीय समय अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय खोल्ने जना...

सम्बन्धित सामग्री

दिगो पूर्वाधारका लागि गर्नुपर्ने सुधारबारे सुझाव माग

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा दिगो प्रकृतिको पूर्वाधार निर्माणका लागि गर्नुपर्ने सुधारबारे सरकारलाई सुझाव दिन आग्रह गरेका छन् । आइतवार काठमाडौंमा आयोजित ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इञ्जिनियरिङ फर्म’ (स्काफ)को ३३औं वार्षिकोत्सव तथा ‘इमर्जिङ च्यालेन्ज अफ कन्सल्टिङ फम्र्स’ विषयक कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । निर्माण क्षेत्रमा देखिएका नीतिगत, कानूनी, प्रशासनिक लगायत झन्झट हटाउन सरकार जिम्मेवार भएर लाग्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । दिगो पूर्वाधार विकासबाटै मात्रै समृद्धिको ढोका खुल्ने उनले बताए । ‘पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखे मात्रै मुलुकले सहज रूपमा आर्थिक विकास गर्न सक्छ,’ उनले भने । पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न समस्या देखिँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको मन्त्री ज्वालाको भनाइ थियो । ‘निर्माण क्षेत्रमा अनेकौं समस्या र चुनौती छन् । समयमा काम शुरू नहुने, प्रक्रिया पूरा गर्न ढिलो हुने, शुरू भइसकेका आयोजनामा समयमा काम नसकिने, प्रशासनिक तथा कानूनी झन्झटलगायत समस्या छन्,’ उनले भने, ‘मुलुकको सर्वांगीण विकासका लागि पूर्वाधार विकास अपरिहार्य हुन्छ । त्यसका लागि वार्षिक नीति कार्यक्रम र बजेटमा जे प्रतिबद्धता सरकारले गरेको छ, त्यसको पालनामा हामी प्रतिबद्ध छौं ।’ विकास निर्माणका काममा परामर्शदाता कम्पनी (कन्सल्टेन्सी)को महत्त्वपूर्ण भूमिका रहे पनि यस्ता कम्पनीलाई इजाजतपत्र दिन कानूनी समस्या रहेकाले नयाँ ऐन ल्याएर सम्बोधन गर्ने तयारीमा सरकार रहेको मन्त्री ज्वालाको भनाइ थियो । परामर्शदाता सेवासँग सम्बन्धित विधेयकको मस्यौदा तयार हुने क्रममा रहेको उनले जानकारी दिए । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सरकारले परामर्शदाता कम्पनीलाई विश्वास गरेर सबै पूर्वाधार निर्माणमा जोड्ने गरेको बताए । कामको गुणस्तर र समयमा आयोजना सम्पन्न गर्ने विषयमा सधैं चुनौती रहने गरेको उनको भनाइ छ ।

चौदण्डीगढीमा सबस्टेसन बन्ने

जग्गा विवाद समाधान भएसँगै उदयपुरको चौदण्डीगढीमा विद्युत् सबस्टेसन निर्माण हुने निश्चित भएको छ । लामो समयदेखि जग्गा प्राप्तिको विवादले विद्युत् विस्तारका लागि सबस्टेसन निर्माणको काममा अवरोध हुँदै आएको थियो । जग्गाको खिचलो चलिरहँदा चौदण्डीगढीमा निर्माण हुने विद्युत् सबस्टेसन अन्यत्र जाने हो कि भन्ने चिन्ता व्याप्त भइरहेका बेला चौदण्डीगढी नगरपालिका–३, वीरेन्द्र चोकनजिक विद्युत् सबस्टेसन बन्ने निश्चित भएको नगरप्रमुख कालुमान लामाले बताउनुभयो । उदयपुर जिल्लाको एउटा प्रमुख व्यापारिक केन्द्र बेल्टारमा नभएर सो क्षेत्रका अन्य रामपुर, हडिया, सिवाही, सुन्दरपुर, तपेश्वरीलगायतका बजार क्षेत्रमा उद्योेग, कलकारखाना र नयाँ पसलहरू खुल्ने व्रmम जारी रहेको तर विद्युत्को समस्याका कारण उद्योगी व्यवसायीहरू निराश हुँदै आएकोमा अब भने उत्साहित बनेको स्थानीयवासीको भनाइ छ । स्थानीय कुमार विश्वकर्मा र दिलमाया राईको नाममा रहेको फरक फरक कित्ता नं को १६ कट्ठा जग्गा विद्युत् सबस्टेसन निर्माणका लागि स्थायी रूपले उपभोग गर्न जग्गा प्राप्ति ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय उदयपुरले आह्वान गरेको सूचनामा राईका छोरा प्रेम राइले मुआब्जा रकममा चित्त नबुझेको भन्दै निवेदन हालेपछि सुरु भएको विवाद लामो समयपछि बिहीबार अन्त्य भएको

कमिसन नदिएसम्म भुक्तानी खुल्दैन

कर्णालीका अधिकांश कार्यालयले भौतिक निर्माणका काम सम्पन्न गरे पनि त्यसको भुक्तानी खुलाउने नगरेको आरोप लागेको छ । पूर्वाधारका काम सकिएपछि त्यसको भुक्तानी माग्दा कर्मचारीहरुले अतिरिक्त रकम दिए मात्र भक्तानी खुल्ने भन्दै काममा अबरोध गर्ने गरेका छन् । डोल्पा त्रिपुरासुन्दरीका पुर्ण थापाका अनुसार सरकारी कार्यालयका प्राविधिकले काम गर्ने उपभोक्ता समितिका सदस्यसँग बिलमा उठेको रकममध्ये केही प्रतिशत […]

दलाल, तस्करी र भ्रष्टहरूले खोक्रो बनाएको मेरो देश

अहिले नेपालको राजनीतिमा देखिएका चरम अराजनीतिक गतिविधि, बेथिति, अराजकता, पदलोलुपता र भ्रष्टचरित्रका घुम्टोहरु खुल्ने हुन कि जस्तो संकेत देखिन थालेको छ।तर, सस्तो लोकप्रियता अथवा विभिन्न प्रपञ्च गरी काममा अवरोध आउने पो हो कि भन्ने आशंका पनि उत्तिकै छ। जे होस अधिकार प्राप्त जिम्मेवार निकायको इच्छाशक्ति नै पहिलो कुरा हो।अहिले गृह मन्त्रालयको काम जुन रफ्तारमा अघि बढिरहेको सुनिन्छ यो इतिहासकै प्रशंसायोग्य छ। यो सुरुवात राम्रो छ। निरन्तरता र पूर्णता हेर्न बाँकी छ। आम नागरिक आजित हुँदै गएको आजको तीतो यथा

गृह मन्त्रालयले भन्यो– परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनू

काठमाडौं । विदेशी नागरिक अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोवास गर्ने प्रयास गरिरहेको भन्दै सरकारले परिचयपत्रविना कसैलाई पनि घर/अपार्टमेन्ट/कोठा भाडामा नदिन आग्रह गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत गृहमन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर/अपार्टमेन्ट/कोठा भाडामा नदिन आग्रह गरेको हो । गृहले परिचयपत्र नभएकालाई काममा नलगाउन पनि आग्रह गरेको छ ।  साथै पहिचान नखुलेका विदेशी नागरिकहरू देखिए वा...

मिलन र राजनराज भन्दैछन् ‘तिमी उता म यता...

काठमाडौं । कोरोना संक्रमणपछि सुरु भएको लकडाउनमा धेरै मान्छे घरमै ‘लक’ भए । कार्यालयहरु आंशिक खुल्यो, स्कुल, कलेज, सिनेमा हल कहिले खुल्ने अझै निश्चित छैन । सिंगै विश्व ‘लक’ भएको बेला पनि गायिका मिलन नेवार र राजनराज शिवाकोटी आफ्नो काममा सक्रिय रहे । उनीहरुको नयाँ गीत बन्यो ‘तिमी उता म यता….’ गीत रेकडिङ मात्रै हैन …

सिड्नीमा नेपाली विद्यार्थी मृत भेटिए

मेलवर्नमा एक नेपाली विद्यार्थीको मृत्य भएको एक साता नबित्दै अस्ट्रेलीयाकाे सीड्नीमा अर्का एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। उदयपुरका स्थायीबासिन्दा अन्जन कुमार भट्टराई सिड्नीस्थित आफ्नै डेराभित्र मृत भेटिएका हुन्। उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन।चिकित्सकहरुका अनुसार ब्रेनह्यामरेजबाट उनको मृत्यु भएको हुनसक्ने अनुमान छ। आइतबार साँझ साथीभाईसँग भेटघाटपछि अन्जनअसाइन्मेण्ट गर्न डेरामै बसेकाथिए करिब १ घण्टापछि काममा गएका साथीहरु फर्किएर आउँदा अन्जान अचेत अवस्थामा भेटिएका थिए। चिकित्सकहरुले सोमबार बिहान करिब २ बजे उनलाई मृत घोषणा गरेका थिए। कोरोनाबाट विस्तृत रिपोर्ट आएपछि मात्रै उनको मृत्युको कारणबारे तथ्य खुल्ने चिकित्सकहरुले बताएका छन्। अन्जन सिक्युयु विश्वविद्यालयमा एकाउण्टिङमा स्नातकोत्तर अध्ययन गर्दै थिए । विगत केही समय देखि अन्जनले खुट्टाको दुखाइका कारण नियमित औषधी सेवन गर्दैआएको उनका साथी अभिषेक थापाले बताएका छन्।