काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरेका सभा, सम्मेलन, शिलान्यास, उद्घाटनजस्ता क्रियाकलापले कोरोना भाइरसको सङ्क्रमण बढेको आरोप लगाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको पत्रकार सम्मेलनमा सभापति देउवाले ओली सरकारले शिलान्यास, उद्घाटन, भिडभाड गरेको तर सङ्क्रमण रोक्ने कुनै ठोस काम नगरेको आरोपसमेत लगाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण फेरि निषेधाज्ञा र लकडाउन गर्नुपर्ने स्थिति आएको पनि बताउनुभयो ।
देउवाले कोरोनाको सङ्क्रमणका कारण नागरिकले भोग्...