काठमाण्डाै – भारतसहित दक्षिण एसियाका देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । भारतमा हरेक दिन कोरोना सङ्क्रमितको नयाँ रेकर्ड बन्दै गइरहेको छ भने भारतसँगै सीमा जोडिएका देशमा पनि सङ्क्रमण फैलिँदै गएको छ ।भारतका छिमेकी देश नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स लगायत देशमा कोरोना फैलिँदै गएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । सङ्क्रमण बढे पछि नेपालका धेरै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ भने बङ्ग्लादेशमा राष्ट्रव्यापी लकडाउन छ । लकडाउन मे १६ तारिखसम्मका लागि लागु गरिएको छ ।पाकिस्तानमा पनि सङ्...