२०६४ सालमा कर्णाली नदीमा भीषण बाढी आयो। बाढीले नदीको धार परिवर्तन गरिदियो। बर्दिया राष्ट्रिय निकुञ्ज छेउ हुँदै बग्ने गेरुवा नदी ९कर्णाली नदीकै सहायक नदी० को धार कैलालीतर्फ फर्कियो। गेरुवा नदीमा पानीको सतह निक्कै घट्यो। कर्णाली नदीको जम्मै पानी पश्चिमतर्फ बर्दिया र कैलाली जिल्लाको सीमा हुँदै बग्न थाल्यो।