काँग्रेस र माओवादीले बढाए, एमालेले गुमायो

काठमाडौं, ८ जेठ । यसपालीको स्थानीय चुनावमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले २०७४ को चुनावको तुलनामा बढी पालिका जितेका छन् । नेकपा एमालेले भने गएको चुनावको तुलनामा बढी पालिका गुमाएको छ । देशभरका ७५३ पालिकामध्ये ७०८ को नतिजा आइसकेको छ । ४३ पालिकाको मतगणना जारी रहँदा आउने परिणामले पनि काँग्रेसलाई पहिलो स्थानमा उकाल्ने र […]

सम्बन्धित सामग्री

बागमतीका मुख्यमन्त्री पाण्डेविरुद्ध काँग्रेस र माओवादीले थाले हस्ताक्षर सङ्कलन

काठमाडौँ । प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर सङ्कलन सुरु गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि काँग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर सङ्कलन गर्न सुरु गरेको हो । सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व […]

झलनाथको आक्रोश : काँग्रेस र माओवादीले भोटर मात्रै बनाए

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादीले आफूहरूलाई भोटर मात्रै बनाएको टिप्पणी गरेका छन्।  रातोपाटीसँगको कुराकानीमा खनालले आफूहरूले काँग्रेस र माओवादीलाई मत हाले पनि उनीहरुले एकीकृत समाजवादीलाई मत नै नहालेको बताएका छन्।‘अधिकांश स्थानीय तहमा काँग्रेसले कतै एमाले कतै माओवादीसँग तालमेल गरेको पाइयो। माओवादीले कतै एमाले कतै काँग्रेससँग तालमेल गरेको पाइयो’ रातोपाटीसँग कुरा गर्दै खनालले भने, ‘हामीले धेरै ठ

सल्यानको बागचौरमा काँग्रेस एमालेलाई पछि पार्दै माओवादी अग्रता

सल्यानको बागचौर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेलाई पछि पार्दै नेकपा माओवादीले अग्रता लिएको छ । कुल एक सय मत गणना गर्दा काँग्रेस र एमालेलाई पछि पार्दै माओवादीले अग्रता लिएको हो ।मेयरमा माओवादीका कृतिबहादुर पुन ५२ उपमेयर समनिमा डिसीले ५५ मत ल्याएकी छिन् ।यस्तै काँग्रेसका मेयर जनकराज गौतमले ३५ मत उपमेयर दिपा बस्नेतले ३५ मत र एमालेले मेयर तिलक मल्लले १२ र उपमेयर भक्तकुमारी विएम केसीले ९ मत ल्याएकी छिन् ।

रोल्पाको माडिमा काँग्रेस एमालेलाई पछि पार्दै माओवादी अग्रता

रोल्पाको माडि गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई पछि पार्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। माडिको कुल १७१९ मत गणना हुँदासम्म काँग्रेस र एमालेलाई पछि पार्दै माओवादीले अग्रता लिएको हो। माओवादीका अमरसिंह घर्तीले ८२४ मत ल्याउँदा काँग्रेस एमालेका संयूक्त उम्मेदवार एमालेका विजयकुमारी घर्तीमगरले ८०२ मत ल्याएका छन्। माओवादीका उपाध्यक्षका उम्मेदवार जयपुरी घर्तीले ८१८ ल्याएकी छिन् भने संयूक्त गठबन्धनबाट काँग्रेसका कृष्णबहादुर विश्वकर्माले ८१८ मत ल

जाजरकोटमा एकीकृत समाजवादी आक्रोशित : काँग्रेस–माओवादीले बेइमानी गरेको आरोप

जाजरकोटमा गठबन्धनबाट बाहिर पारिएपछि नेकपा एकीकृत समाजवादी आक्रोशित बनेको छ । सो पार्टीले काँग्रेस–माओवादीले गठबन्धनभित्र बेइमानी गरेको आरोप लगाएको छ ।  प्रदेश र केन्द्रीय गठबन्धनको संयन्त्रले भेरी नगरपालिकाको प्रमुख एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो । तर उम्मेदवारी दर्ता गर्ने दिन (वैशाख १२) मा तीन वटै दलहरुले उम्मेदवारी दर्ता गराए । गठबन्धनको निर्णय अनुसार समाजवादीका कमान बहादुर खड्का मेयर पदका साझा उम्मेदवार हुन् भने उपप्रमुखमा काँग्रेसलाई दिने थियो ।‘तर  गठबन्धनक

माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र ?

काठमाडौँ । स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा माओवादी केन्द्रले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आमचासो र जिज्ञासा छ। काँग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाललगायतले घोषणापत्र सार्वजनिक गरे । स्वतन्त्र रूपमा उम्मेदवारी दिने उम्मेदवारले पनि आ–आफ्ना घोषणापत्र सार्वजनिक गरे। सत्ता गठबन्धनमा रहेको माओवादीले घोषणापत्र नबनाएको हो वा किन सार्वजनिक गरेन […]

मोरङको एक पालिकामा काँग्रेस र माओवादीबीच तालमेलको सहमति

मोरङको लेटाङमा काँग्रेस र माओवादीबीच भागबण्डा टुंगिएको छ । स्रोतका अनुसार प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा माओवादीले लिने सहमति भएको हो ।

बर्दियाको बढैयातालमा माओवादीले अध्यक्ष, काँग्रेसले उपाध्यक्ष लिने सहमति

बर्दियाको बढैयाताल गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल गरेर जाने सहमति भएको छ । बढैयाताल गाउँपालिका अध्यक्षमा माओवादीले लिने र उपाध्यक्ष काँग्रेसले लिने सहमति भएको हो । माओवादीले अध्यक्षसहित ३ वडा र काँग्रेसले उपाध्यक्षसहित ५ वडा अध्यक्ष लिने सहमति भएको छ । यस नगरपालिकामा यसअघि एमालेले अध्यक्ष उपाध्यक्ष दुबै जितेको थियो ।बर्दियाका अन्य स्थानीय तहमा काँग्रेस र माओवादीबीच चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको बारबर्दिया नगरपालिकाका सहसचिव सन्तोष पोखरेलले

समाजवादीलाई पाखा लगाउँदै दार्चुलामा काँग्रेस र माओवादीले गरे चुनावी भागबन्डा

दार्चुलामा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पाखा लगाउँदै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबण्डा टुङ्ग्याएका छन् ।  ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका काँग्रेस र माओवादीबीच भागबण्डामा सहमति भएको हो ।दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा काँग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ । दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । काँग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ