दार्चुलामा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पाखा लगाउँदै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबण्डा टुङ्ग्याएका छन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका काँग्रेस र माओवादीबीच भागबण्डामा सहमति भएको हो ।दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा काँग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ । दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । काँग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ