नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादीले आफूहरूलाई भोटर मात्रै बनाएको टिप्पणी गरेका छन्। रातोपाटीसँगको कुराकानीमा खनालले आफूहरूले काँग्रेस र माओवादीलाई मत हाले पनि उनीहरुले एकीकृत समाजवादीलाई मत नै नहालेको बताएका छन्।‘अधिकांश स्थानीय तहमा काँग्रेसले कतै एमाले कतै माओवादीसँग तालमेल गरेको पाइयो। माओवादीले कतै एमाले कतै काँग्रेससँग तालमेल गरेको पाइयो’ रातोपाटीसँग कुरा गर्दै खनालले भने, ‘हामीले धेरै ठ