जाजरकोटमा गठबन्धनबाट बाहिर पारिएपछि नेकपा एकीकृत समाजवादी आक्रोशित बनेको छ । सो पार्टीले काँग्रेस–माओवादीले गठबन्धनभित्र बेइमानी गरेको आरोप लगाएको छ । प्रदेश र केन्द्रीय गठबन्धनको संयन्त्रले भेरी नगरपालिकाको प्रमुख एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो । तर उम्मेदवारी दर्ता गर्ने दिन (वैशाख १२) मा तीन वटै दलहरुले उम्मेदवारी दर्ता गराए । गठबन्धनको निर्णय अनुसार समाजवादीका कमान बहादुर खड्का मेयर पदका साझा उम्मेदवार हुन् भने उपप्रमुखमा काँग्रेसलाई दिने थियो ।‘तर गठबन्धनक