दाङ : यातायात व्यवस्था कार्यालय दाङले पनि स्मार्ट लाइसेन्स सरहको एक वर्षे परीक्षणकालीन लाइसेन्स वितरण सेवा सुरु गरेको छ। बुधबार एक कार्यक्रमका बीच कार्यालयमा दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले सेवाग्राही राम नारायण थारूलाई परिक्षण कालीन पहिलो लाइसेन्स कार्ड दिएर सेवाको सुरुवात गरेका हुन्। एक वर्षका लागि परीक्षणका रुपमा अस्थायी स्मार्ट जस्तै देखिने डिजिटल कार्ड दिने ब्यवस्था यातायात विभागले मिलाएको छ।ट्रायल पास गरेका तर, स्मार्ट लाइसेन्स नपाएका व्यक्तिहरूका ला