सुर्खेत : यातायात व्यवस्था कार्यालय सुर्खेतबाट अनलाइन सेवा शुरु गरिएको छ। सेवाग्राहीले सास्ती व्यहोर्ने यातायात कार्यालयमा बिहीवारदेखि विद्युतिय सवारी दर्ता प्रणाली (इभीआरएस) सेवा शुरु गरिएको हो।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमरबहादुर थापाले उक्त अनलाइन सेवाको उद्घाटन गरेका हुन्। सेवा उद्घाटन गरेलगत्तै मन्त्री थापाको लाइसेन्स नविकरण समेत गरिएको थियो।…