पोखरा : गण्डकी प्रदेशमा अबदेखि १० मिनेटमै अस्थायी सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) पाइने भएको छ। यातायात व्यवस्था कार्यालय कास्कीले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा स्मार्ट लाइसेन्स वितरण गर्ने भएको छ।
यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरणमा ढिलाई गरेपछि गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा कार्यालयले अस्थायी प्रकारको परीक्षणकालीन सवारी चालक अनुमति…