अबको दुई महिनाभित्र भरतपुरबाट ड्राइभिङ लाइसेन्स वितरण हुने

अबको दुई महिनाभित्रै भरतपुरबाट सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यस्तो बताएकी हुन् । बुधबार गेष्ठ हाउसचौर नजिकको भवनमा स्थान्तरण हुन लागेको यातायात व्यवस्था कार्यालय भरतपुरको अनुगमन एवम् निरीक्षण गर्दै उनले दुई महिनाभित्र ट्रायलसहितको नयाँ लाइसेन्स वितरण हुने उल्लेख गरेकी हुन् । ४ वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गर्दै उनले अबको २ महिनाभित्र यातायातका सम्पूर्ण

सम्बन्धित सामग्री

३४ लाख ६६ हजारसँग ड्राइभिङ लाइसेन्स

१३ जेठ, काठमाडौं । सरकारले हालसम्म ३४ लाख ६६ हजार जनालाई सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) वितरण गरेको छ । २०८० असार मसान्तसम्म ३४ लाख १९ हजार ४ सय १० सवारी चालक अनुमतिपत्र प्रिन्ट गरी …

‘दुई महिनापछि भरतपुरबाटै लाइसेन्स वितरण’

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने बताउनुभएको छ । यातायात व्यवस्था कार्यालय भरतपुरमा नवनिर्मित भवनको बुधबार अनुगमनपछि प्रमुख दाहालले भन्नुभयो, “दुई महिनाभित्र सवारी परीक्षणसहितको नयाँ लाइसेन्स यहीँबाट वितरण हुनेछ ।” उहाँले चार वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गर्नुभयो । उहाँले चितवनबाट लाइसेन्स वितरणपछि चितवनवासी र छिमेकी जिल्लाका सेवाग्राहीलाई सेवा लिन सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “देशको केन्द्र भागमा भरतपुर रहेकाले धेरैले सेवा लिनुहुनेछ । यहाँको आर्थिक क्रियाकलाप पनि वृद्धि भएर जानेछ, चितवनवासीका लागि गर्वको विषय हो ।” कार्यालयको सेवा सञ्चालनका लागि आवश्यक अस्थायी संरचना निर्माण गर्न महानग

२३ लाख ३७ हजार ५०२ ड्राइभिङ लाइसेन्स वितरण

सरकारले गत फागुनसम्म २३ लाख ३७ हजार ५०२ सवारीचालक अनुमतिपत्र ( स्मार्ट लाइसेन्स) वितरण गरेको छ । शनिबार सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार २०७८ फागुनसम्म २३ लाख ३७ सय ५०२ लाइसेन्स वितरण गरिएको छ । २०७८ असारसम्म २० लाख ९० हजार ८५० लाइसेन्स वितरण गरिएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप २ लाख ४६ हजार ६५२ सवारीचालक अनुमतिपत्र वितरण गरिएको छ...

स्मार्ट लाइसेन्सको छपाई सुरु, हुलाकबाट सेवाग्राहीको घरघरमै पुर्याइने

स्मार्ट लाइसेन्सको छपाई मंगलबारबाट सुरु भएको छ । झण्डै ७ महिना रोकिएको स्मार्ट लाइसेन्सको छपाई मंगलबारबाट सुरु भएको हो । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरेरै स्मार्ट लाइसेन्सको छपाई सुरु गरेको हो ।हुलाकबाट घरघरमा पुर्याइनेलाइसेन्स छपाईको काम सुरु भएसँगै यस पटक विभागले सेवाग्राहीको घरघरमै ड्राइभिङ लाइसेन्स पुर्याउने योजना बनाएको छ । कार्यक्रममै मन्त्री यादवले यस्तो उद्घोष गरेकी हुन् ।‘काठमाडौँ आएर लाइसेन्सको ट्रायल परीक्षा दिएर लाइसेन्स नआएसम्म काठमाडौँमै बस्नुपर्ने बाध्यता हटाउन हामी लागिपरेका छौँ’ मन्त्री यादवले भनिन्, ‘अब छपाईको काम सकिएपछि हामीले हुलाकबाट सेवाग्राहीको सम्बन्धित ठाउँमै लाइसेन्स पुर्याउने व्यवस्था गर्न लागेका छौँ ।’लाइसेन्स छपाईको काम माघ भित्रै सक्ने लक्ष्य विभागको छ । ४ वटा मेशिनबाट दैनिक १० हजार प्रिन्टविभागले ४ वटा मेशिनबाट स्मार्ट लाइसेन्स छपाईको काम गर्दै आएको छ । ३ सिफ्टमा काम भईरहेको छ । मेशिनले प्रतिघण्टा ४५० वटा कार्ड प्रिन्ट गर्नेछ । ३ सिफ्टमा दैनिक १० हजार कार्ड छापिने विभागले जनाएको छ ।कति छापिन्छ कार्ड ?विभागले १४ लाख स्मार्ट लाइसेन्स छाप्नेछ । फ्रान्सेली कम्पनी सेल्प एसएसएलबाट १४ लाख स्मार्ट कार्ड आईसकेकाले छ । यसअघि कोरोनाका कारण स्मार्ट कार्डको आयात रोकिएको थियो । जसका कारण स्मार्ट लाइसेन्स छपाई र वितरणको काम ७ महिनादेखि रोकिएको थियो ।विभागका अनुसार हाल ४ लाख बढी चालकहरु राजश्व तिरेको रसिदको भरमा सवारी चलाईरहेका छन् । सुरुमा उनीहरुलाई नै स्मार्ट लाइसेन्स वितरण गरिनेछ । त्यसपछि मात्रै नयाँलाई दिइने छ ।२०७२ मंसिरदेखि नेपालमा स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको थियो ।

नियमविपरीत सयौँ ड्राइभिङ लाइसेन्स वितरण, छानबिन गर्दै अख्तियार

अख्तियारद्वारा यातायात कार्यालय एकान्तकुना, जगाती र चाबहिलबाट कागजपत्र झिकाएर अनुसन्धान सुरु उपत्यकाका यातायात कार्यालयहरूले नियमविपरीत सयौँ लाइसेन्स वितरण गरेका छन् । ‘हेभी’ श्रेणीका लाइसेन्स वितरणमा अनियमितता भएको हो । त्यससम्बन्धी कागजपत्र मगाएर अख्तियार...

‘स्मार्ट लाइसेन्स’ वितरण गरिँदै

लामो समयदेखि वितरणमा ढिलाइ भइरहेको ‘स्मार्ट ड्राइभिङ लाइसेन्स’ वितरण सुरु गरिएको छ । कागजी लाइसेन्स हटाएर देशव्यापी रूपमा स्मार्ट लाइसेन्सको वितरण थालेपछि माग र छपाइको सन्तुलन नमिल्दा सेवाग्राहीले समयमै स्मार्ट लाइसेन्स पाउन सकेका थिएनन् । यातायात व्यवस्था विभागमै कार्ड छपाइ सुरु भएसँगै सेवाग्राहीले धमाधम स्मार्ट लाइसेन्स पाइरहेका छन् । यातायात व्यवस्था कार्यालय धनगढीले मात्रै हालसम्म २५ हजार स्मार्ट लाइसेन्स वितरण गरिसकेको जनाएको छ ।

साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

२३ जेठ, काठमाडौं । साउदी अरबमा पहिलोपटक महिलाहरुले ड्राइभिङ लाइसेन्स (चालक अनुमति पत्र) पाएका छन् । सोमबार १० जना महिलाहरुलाई लाइसेन्स वितरण गरिएको छ । यसअघि साउदीको क्राउन पिन्स मोहम्मद बिन सलमानले महिलाहरुलाई ड्राइभिङ लाइसेन्स नदिने नियम हटाउने ऐतिहासिक निर्णय लिएका थिए । अब २४ जुनदेखि साउदी अरबका सडकमा महिलाहरुले पनि गाडी …