काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कोभिड–१९ को दोस्रो लहर कोरोना भाइरसको तीब्र संक्रमणका बीच सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञाको घोषणा गरिरहँदा यता निषेधाज्ञाको अघिल्लो दिन नेप्से परिसूचक १३ दशमलव ७९ अंकले घट्न पुगेको हो । बुधबार नेप्से १३.७९ अंकले घटेर २ हजार ५ सय ८५ अंकमा झरेको छ । यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २ दशमलव १६ अंकले घटेर ४ सय ६५ दशमलव १२ अंकमा कायम भएको छ । बुधबार नेप्से परिसूचक घटेसँगै कारोबार रकममा स