चारवटा प्रदेशमा आज पनि हावाहुरीसहित असिना र चट्याङ पर्ने, सतर्क रहन अनुरोध

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरीसहित असिना-पानी र चट्याङ पर्ने जनाएको छ। “हाल देशको गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा गराउने बादल विकसित भइरहेकोले सतर्कता अपनाउन हुने अनुरोध छ,” महाशशाखाले भनेको छ।

सम्बन्धित सामग्री

चट्याङले लियो १० वर्षमा साढे ८ सयको ज्यान

गत शनिबार दिउँसो हावाहुरी र असिना–पानीसँगै परेको चट्याङ लागेर दैलेखकी एक बालिकाको मृत्यु भयो । बाख्रा चराउन जंगल गएका बेला एक्कासि परेको चट्याङ लागेर भैरवी गाउँपालिका–६ तोरीमूलकी १३ वर्षीया शर्मिला कँडेल अचेत भएकी थिइन् ।

काठमाण्डाै उपत्यकासहित धेरै ठाउँमा ठूलाे हावाहुरी र असिना पानी

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो हावाहुरीसहित असिना पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भएको 'मोका' नामक चक्रवात र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएकाले चट्याङ, गड्याङगुडुङ र हावाहुरीसहित असिना पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज, भोलि र पर्सि तीन दिन पहाडी क्षेत्रको मौसम बदली हुनेछ । यी प्रणालीको प्रभाव आजभन्दा भोलि र पर्सि अझ धेरै पर्ने देखिएको छ । मोका चक्रवातको प्रभाव अहिलेसम्म न...

हावाहुरी र चट्याङ सहितको वर्षा हुनुको यस्तो कारण

यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो ।  कतिपय जंगलमा लागेको डढेलो हेलिकप्टरबाट पानी लगेर निभाउनुपरेको थियो तर पछिल्ला केही हप्तादेखि भने मुलुकका अधिकांश भेगमा वर्षा भइरहेको छ । त्यसले डढेलोसमेत नियन्त्रणमा आएको छ । ठाउँठाउँमा असिना, हावाहुरी र चट्याङ सहितको पानी परिरहँदा केही स्थानमा क्षतिसमेत पुगेको छ । लामो समयदेखि आकाशे पानीको अभाव भइरहेको अवस्थामा परेको अहि...

आज पनि काठमाडौंसहित देशभर विभिन्न स्थानमा हावाहुरी

काठमाडौं। आज पनि देशभरका विभिन्न स्थानमा हावाहुरी चलेको छ। मौसम परिवर्तन भएसँगै केही दिनदेखि निरन्तर हावाहुरी आउने क्रम चलिरहेको छ। शुक्रबार देशका विभिन्न स्थानमा हावाहुरीसँगै असिना पानी परेको थियो। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ, हावाहुरी, असिनासँगै वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा असिना पानी, केही दिन सावधानी अपनाउन आग्रह

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिनासहित पानी परेको छ । स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले चट्याङसहित असिना पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मतीसहित प्रदेश एक, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी परेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । असिना पानीले कतिपय ठाउँमा बालीनालीमा क्षती समेत पुर्याएको छ । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा प्रि&ndas...

दक्षिणी ललितपुरमा असिना पानी

काठमाण्डाै – काठमाण्डौ उपत्यकाकाे दक्षिणी ललितपुरसहित प्रदेश एक र गण्डकी प्रदेशमा असिनासहितको पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी र प्रदेश नम्बर एकको पहाडी ठाउँहरूमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गले देशका धेरैजसो पहाडी भू–भागमा शुक्रवार बेलुकीपछि पानी पर्ने सम्भावना रहेको बताउनुभयो । बिहीवार राति पनि देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ परेको थियो । वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश १ र २ मा ठूलो हावाहुरी चलेको थियो । ...

देशभर हावाहुरीसहित, चट्याङ र पानी पर्ने सम्भावना

न्युज अफ नेपाल ,काठमाडौं । आज शुक्रबार काठमाडौं उपत्यकासहित देशभर हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज हावाहुरी आउने, चट्याङ र असिना पर्नुका साथै प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी आज पश्चिमी क्षेत्रमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा हुने […]

प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम सकियो

काठमाडौँ । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ सुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघगर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो” उहाँले भन्नुभयो । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।

सुरु भयो प्रि-मनसुन : हावाहुरी, चट्याङ र असिना-पानीको डर

काठमाडौं :  यो वर्षको जाडो याम अर्थात् विन्टर सिजन आजदेखि समाप्त भई प्रि-मनसुन सिजन सुरु भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रि-मनसुन बुलेटिन जारी गर्दै आजदेखि विन्टर सिजन अन्त्य भएको जनाएको हो। गर्मी याममा अपराह्न र साँझ पख मेघगर्जन र चट्याङको सम्भावना रहनुको साथै हावाहुरी र असिना–पानीको सम्भावना रहने महाशाखाले जनाएको छ। यस्तो मौसममा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।&n