सुरु भयो प्रि-मनसुन : हावाहुरी, चट्याङ र असिना-पानीको डर

काठमाडौं :  यो वर्षको जाडो याम अर्थात् विन्टर सिजन आजदेखि समाप्त भई प्रि-मनसुन सिजन सुरु भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रि-मनसुन बुलेटिन जारी गर्दै आजदेखि विन्टर सिजन अन्त्य भएको जनाएको हो। गर्मी याममा अपराह्न र साँझ पख मेघगर्जन र चट्याङको सम्भावना रहनुको साथै हावाहुरी र असिना–पानीको सम्भावना रहने महाशाखाले जनाएको छ। यस्तो मौसममा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।&n

सम्बन्धित सामग्री

हिउँदे वर्षाजस्तो प्रि-मनसुन

केही दिनयता नेपालका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुक्खा हिउँद बनेको यस वर्ष प्रि–मनसुन सुरु भएलगत्तै कृषकलाई राहत मिलेको छ । अंग्रेजी महिनाको मार्चदेखि मेसम्मको समयलाई नेपालमा प्रि–मनसुनको समय मानिन्छ । यो समय स्थानीय वायुको प्रभाव हुँदा ठाउँ–ठाउँमा पानी पर्ने, मेघ गर्जनसहित चट्याङ पर्ने र हावाहुरी चल्ने गर्छ ।

आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने छ।सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि पानी परेको महाशाखाले जनाएको छ। दिउँसो यी दुई प्रदेशसहित बागमती, गण्डकी  र लुम्विनी प्रदेशमा पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। यस्तै‚ तराईका केही स्थानहरुमा असिनासहितको क्षणिक वर्षाको सम्भावना छ।दिउँसो सामान्यतया मौसम सफा भए पनि प्रि-मनसुन सक्रिय भएकाले बेलुकी हावाहुरी, मेघगर

दुई दिन हावाहुरी चल्ने‚ सतर्क रहन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज र भोलि बेलुकीपख हावाहुरी चल्ने अनुमान गरेको छ। प्रि–मनसुन सक्रिय भएकाले चट्याङ र हावाहुरीको सम्भावना रहेकाले मौसमविद सजिना शाक्यले बताइन्। उनले सतर्क रहन पनि आग्रह गरिन्।प्रि-मनसुनका बेला दिनभर मौसम सफा रहे पनि बेलुकीपख बदली भएर हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ। नेपालमा गत मार्चदेखि नै प्रि–मनसुन भित्रिएको हो।बिहीबार राति देशका धेरै ठाउँमा हुरी/बतास र चट्याङसहित हल्का पानी परेको छ। काठमाडौं उपत्यकासहि

प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम सकियो

काठमाडौँ । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ सुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघगर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो” उहाँले भन्नुभयो । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।