हावाहुरी र चट्याङ सहितको वर्षा हुनुको यस्तो कारण

यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो ।  कतिपय जंगलमा लागेको डढेलो हेलिकप्टरबाट पानी लगेर निभाउनुपरेको थियो तर पछिल्ला केही हप्तादेखि भने मुलुकका अधिकांश भेगमा वर्षा भइरहेको छ । त्यसले डढेलोसमेत नियन्त्रणमा आएको छ । ठाउँठाउँमा असिना, हावाहुरी र चट्याङ सहितको पानी परिरहँदा केही स्थानमा क्षतिसमेत पुगेको छ । लामो समयदेखि आकाशे पानीको अभाव भइरहेको अवस्थामा परेको अहि...

सम्बन्धित सामग्री

एनसेलले अब हावाहुरी र पहिरोको पनि पूर्वसूचना दिने

२६ पुस, काठमाडौं । दूरसञ्चार प्रदायक एनसेलले प्रयोगकर्ताहरुलाई बाढी, पहिरो, हावाहुरी जस्ता प्राकृतिक प्रकोपको पूर्व सूचना दिने भएको छ । जल तथा मौसम विज्ञान विभागसँग मिलेर एनसेलले बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषणसहित १३ वटा प्रकोपबारे पूर्व सूचना दिन भएको हो । जल तथा मौसम विज्ञान विभागसँग मिलेर एनसेलले […]

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ ।  पछिल्लो हप्ता देशभर वर्षा भएकाले आगलागीको क्रम केही रोकिएको छ । अब वर्षा रोकिनेबित्तिकै आगलागी बढ्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो समयमा सबैभन्दा बढी आगलागी र डढेलोले क्षति पुर्‍याउने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएक...

मनसुनको बेला हावाहुरी र चट्याङसहित किन भयो वर्षा ?

२५ साउन, काठमाडौं । मनसुन उत्तरार्धतिर ढल्किंदै गर्दा काठमाडौंमा उपत्यकामा गएराति हावाहुरी, मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । वर्षापछि काठमाडौं उपत्यकाका नदी तथा खोलामा आएको बाढीले किनारका बस्ती डुबानमा परे । मनसुनका बेलामा राति प्रायः मेघगर्जन र चट्याङविनै वर्षा हुने गरेको मौसमविदहरु बताउँछन् । तर गएराति प्रि-मनसुनको बेला जस्तो मेघगर्जन, चट्याङ र हावाहुरीसहित […]

काठमाडौंसहित विभिन्न स्थानमा हावाहुरी र वर्षा

काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । सो प्रणालीहरुको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, च

आसाममा चट्याङ लागेर १४ जनाको मृत्यु

भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भीषण वर्षा र चट्याङ परेर ती नागरिकको ज्यान गएको बताइएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्याएको थियो ।आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप ६ जनाको ज्यान गएको थियो । यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं। आज काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भएको छ। स्थानीय र पश्चिमी वायुको प्रभावका कारण गण्डकी, बागमती र प्रदेश २ मा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौंमा १.८ मिलिमिटर वर्षा भएको छ। आज देशैभर हल्का वर्षा र केही स्थानमा हावाहुरी र चट्याङ पर्ने सम्भावना छ।

उपत्यका लगाएत पहाडी भू–भागमा हावाहुरी र चट्याङ गराउने बादल विकसित हुँदै

काठमाडौं। काठमाडौं उपत्यकालगायत देशका पहाडी भू–भागमा मेघगर्जन, चट्टयाङ, हावाहुरी, असिनासहित वर्षा गराउने बादल विकासित भइरहेको मैसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले एक सूचना जारी गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधरणलाई भनेको छ। सुदुरपश्चिम, गण्डकी, बाग्मती प्रदेश र प्रदेश १ का थोरै स्थानमा मेगगर्जनसहित वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

आज पनि काठमाडौंसहित देशभर विभिन्न स्थानमा हावाहुरी

काठमाडौं। आज पनि देशभरका विभिन्न स्थानमा हावाहुरी चलेको छ। मौसम परिवर्तन भएसँगै केही दिनदेखि निरन्तर हावाहुरी आउने क्रम चलिरहेको छ। शुक्रबार देशका विभिन्न स्थानमा हावाहुरीसँगै असिना पानी परेको थियो। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ, हावाहुरी, असिनासँगै वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चारवटा प्रदेशमा आज पनि हावाहुरीसहित असिना र चट्याङ पर्ने, सतर्क रहन अनुरोध

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरीसहित असिना-पानी र चट्याङ पर्ने जनाएको छ। “हाल देशको गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा गराउने बादल विकसित भइरहेकोले सतर्कता अपनाउन हुने अनुरोध छ,” महाशशाखाले भनेको छ।

गण्डकी, बागमती र प्रदेश १ मा चट्याङसहित हावाहुरी, सतर्कता अपनाउन अनुरोध

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, बागमती र प्रदेश १ को पहाडी भू-भागहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा गराउने बादल विकसित भएको जनाएको छ। ती स्थानहरूमा ठूलो हावाहुरीका साथै चट्याङ पर्ने ठूलो सम्भावना रहेकोले सतर्कता अपनाउनसमेत महाशाखाले भनेको छ। साथै लुम्बिनी प्रदेशको पूर्वी जिल्लाहरूमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुने सम्भावना रहेको जनाइएको छ।