शुक्रवारदेखि हावाहुरी सहितको वर्षा र चट्ट्याङको सम्भावना, कम्तिमा ४/५ दिन सावधानी अपनाउन आग्रह

जेठ ६, काठमाडौं । शुक्रवार देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो काठमाडौं उपत्यकासहित देशका केही स्थानमा चट्याङ र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाले चट्याङ र हावाहुरीको सम्भावना रहेकोले घरबाहिर निस्किँदा सावधानी अपनाउन समेत आग्रह गरेको छ । आज प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने महाशाखाको अनुमान छ । आज रातिबाट भने प्रदेश १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा वर्षा हुने स्म्भावना रहेको महाशाखाले जनाएको छ । आजबाट ४/५ दिनसम्म हावाहुरी र असिना पानी पर्ने मौसमविद्हरुको भनाइ छ ।