चट्याङले लियो १० वर्षमा साढे ८ सयको ज्यान

गत शनिबार दिउँसो हावाहुरी र असिना–पानीसँगै परेको चट्याङ लागेर दैलेखकी एक बालिकाको मृत्यु भयो । बाख्रा चराउन जंगल गएका बेला एक्कासि परेको चट्याङ लागेर भैरवी गाउँपालिका–६ तोरीमूलकी १३ वर्षीया शर्मिला कँडेल अचेत भएकी थिइन् ।