काठमाडौँ । निर्वाचन आयोगले सरुवा भएका कर्मचारी आफ्नो नयाँ कार्यालयमा आजै हाजिर भइसक्न निर्देशन दिएको छ । कर्मचारी सरुवा रोक्नका लागि सरकारलाई निर्देशन दिएको आयोगले यसअघि सरुवा भइसकेकाहरूका लागि तत्कालीन कार्यालयबाट रमाना भई नयाँ कार्यालयमा हाजिर हुनका लागि आजसम्मको समय दिएको हो । आयोगले असोज ६ गते बिहीबार सरकारलाई कर्मचारीको सरुवा रोक्न निर्देशन दिएको थियो […]