सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले कार्यालयमा काम गर्ने कर्मचारीलाई दिउँसो खाजाको व्यवस्था गरेको छ। दिनभर काम गर्ने कर्मचारीलाई कामप्रति जिम्मेवार र उत्तरदायी बनाउन गाउँपालिकाले दिउँसो खाजाको व्यवस्था गरेको हो। गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले गाउँपालिकाको कार्यालयमा कार्यरत सबै कर्मचारीका लागि दिउँसो खाजाको ब्यवस्था गरिएको बताए। दुर्गममा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न र गाउँपालिकामै बसेर काम […]