सिमकोट – कर्णाली प्रदेश सरकारले आफ्नो मातहतका कार्यालयमा काम गर्ने स्थायी दरबन्दीका कर्मचारीलाई प्रोप्साहनस्वरुप अतिरिक्त भत्ताको व्यवस्था गरेको छ। कर्मचारीलाई काम गर्न हौसला मिलोस् भन्नका लागि सो व्यवस्था प्रदेशभित्र कार्यरत कर्मचारीका लागि गरिएको हो। आर्थिक मामिला मन्त्रालयको योजना शाखाका अधिकृत विद्याप्रसाद उपाध्यायको हस्ताक्षर भएको पत्रअनुुसार कर्णाली प्रदेशका विभिन्न भौगोलिक क्षेत्रमा स्वीकृत दरबन्दीमा सेवा करारमा कार्यरत […]