जीतपुर सिमरा उपमहानगरपालिकाका एमाले वडाध्यक्षले सेवाग्राही र कर्मचारीलाई कार्यालयमा थुनेर मुल गेटमा ताला लगाइदिएको आरोप लागेको छ । उपमहानगरको वडा नं ७ का अध्यक्ष सुनिल गुप्ताले बुधवार कार्यालय समयमा सेवाग्राही र कर्मचारीलाई भित्र थुनेर उपमहानगरको मुल गेटमा ताला लगाएको नगरप्रमुख राजन पौडेलले बताए । कार्यालयमा प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत नभेटिएको भन्दै वडाध्यक्ष गुप्ताले कर्मचारी र सेवाग्राहीलाई भित्र थुनेर मुल गेटमा ताला लगाएका थिए ।वडाध्यक्ष गुप्ता यसअघि पनि उपमहानगरको मुल गेटमा फो